२०८१, १ माघ मंगलबार

कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन

कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन


जनकपुरधाम, माघ २६ :  जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन् । घरनजिकै स्कुल पनि छ । प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियान चलाएको वर्षदिन पुग्यो । तर, रुक्सना सधैं स्कुलको गेटबाहिरै छिन् ।

गास जुटाउन रिक्सा लिएर रुक्सना जनकपुरको चोकचौराहा, हाटबजारका गल्लीगल्ली चहार्छिन् । पुस्तैनी रोग, भोक र गरिबीले उनको परिवार थला परेको छ । फ्याँकिएको प्लास्टिकका बोतल, कुट र फलामका टुक्राहरू बटुल्छिन् । साँझ कबाडमा लगेर बिक्री गर्छिन् । पसलबाट चामल, दाल, तरकारी, नुनतेल लिएर फर्किन्छिन् । उनलाई पढ्ने ठूलो धोको छ । तर, गरिबीले उनको स्कुल जाने बाटोमा छेकबार लगाइदिएको छ । उनी भन्छिन्, ‘पढ्न मन कसलाई हुँदैन, कबार बटुलेर कमाई नगरे खान पुग्दैन ।’

शिक्षाको ज्योतिबाट वञ्चित रहकी उनी हुल बाँधेर कवाड बटुल्न रिक्सामा भङ्गा (ठूलो प्लास्टिकको बोरा०)राखेर हिँड्छिन् । मधेसमा गरिबीले रुक्सनाजस्ता हजारौं चेलीबेटीले विद्यालयको मुख देख्न पाएका छैनन् । छोरीहरू चरम विभेदमा छन् । छोरालाई स्कुल पढाइन्छ, छोरीलाई घरको कामकाजमा लगाइन्छ । उनी असंख्य छोरीहरू जनकपुरका होटलमा भाँडा माझ्छिन् । मालिकको घरमा नोकर बस्छिन् । यो समाचार राजकरण महतोले अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ८ : १० बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज