२०८१, ४ माघ शुक्रबार

तीन महीनादेखि खलङ्गा सदरमुकाम अन्धकारमय

तीन महीनादेखि खलङ्गा सदरमुकाम अन्धकारमय


सिञ्जा, २५ माघ : तीन महीनादेखि सदरमुकाम खलङ्गा अन्धकारमय बनेको छ । गत मङ्सिरदेखि सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । महीनौँदेखि बिजुली नहुँदा व्यापारीले करोडौँ रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको गुनासो गरेका छन् । बिजुली नहुँदा स्थानीयवासी टुकी र वैकल्पिक ऊर्जाको व्यवस्था गर्न बाध्य छन् ।

साना जलविद्युत् उपभोक्ता समिति खलङ्गाको लापर्वाहीका कारण उपभोक्ता बिजुलीबाट वञ्चित भएका हुन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले चाँडै नै विद्युत् आपूर्ति गर्न लगाइने बताउनुभयो । बिजुली नहुँदा खलङ्गाका होटल व्यवसायी, व्यापारी, उद्योगीलगायत मारमा परेका अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताउनुभयो ।

एसइई र लोकसेवा तयारीका लागि सदरमुकाम झरेका सयौँ विद्यार्थीको पठनपाठन बिजुली नहुँदा प्रभावित भएको छ । “बिजुली नबालेरै पैसो तिर्न बाध्य छौँ”, उपभोक्ता सीता बुढाले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ९ : १७ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन