२०८१, ५ माघ शनिबार

आमाको नामबाट नागरिकता दिन माग

आमाको नामबाट नागरिकता दिन माग


काठमाडौँ, २५ माघ : लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक ¥याली निकालिएको छ ।

महिला, कानून र विकास मञ्चको आयोजनामा आज काठमाडौँको माइतीघरबाट निकालिएको उक्त सचेतनामूलक ¥याली नयाँबानेश्वर चोकमा पुगी सम्पन्न भएको थियो । ¥यालीमा पूर्ण नागरिक, पूर्ण अधिकार नागरिकतामा समान अधिकार, कोख मेरो सन्तान कस्को ?, आमाको नामबाट नागरिकता सुनिश्चित गरलगायत नारासहित सचेतनामूलक सडक नाटक गरेर ¥याली समापन गरिएको थियो ।

सामाजिक तिरस्कार, अपमान, राज्यबाट पाउने सेवासुविधा नपाउँदा महिलाको जीवनमा आउने समस्याका साथै महिलाले मृत्युको बाटो रोज्न बाध्य हुनु परेको घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ७ : १४ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन