२०८१, ५ माघ शनिबार

‘सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन’ : मुख्यमन्त्री पौडेल

‘सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन’ : मुख्यमन्त्री पौडेल


हेटौँडा, २३ माघ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रको सिण्डिकेट नीतिगत रुपमा खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको आज उद्घाटन गर्दै उहाँले हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महसुस गरेको बताउनुभयो । यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन चाहिने उल्लेख गर्दै उहाँले खर्बौं लगानी रहेको यातायात क्षेत्रको आर्थिक योगदानको कदर गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले देशको आर्थिक क्षेत्र विदेशीको कब्जामा पर्न नदिन बेलैमा सचेत हुन अनुरोध गर्नुभयो । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चाँडै यातायात परिषद् गठन गरिने र त्यसको नियमनमा यातायात उद्योगलाई राखिने बताउनुभयो । कार्यक्रमका प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले यातायात क्षेत्रले यातायात मजदूरलाई नियुक्तिपत्र दिनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ७ : ३२ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन