२०८१, ४ माघ शुक्रबार

सामुदायिक वनबाट काठ चोरी गर्ने पक्राउ

सामुदायिक वनबाट काठ चोरी गर्ने पक्राउ


बेत्रावती, २३ माघ : नुवाकोटको तार्केश्वर गाँउपालिका–४ बुधसिंहस्थित सामुदायिक वनबाट चोरी गरेर लैजाँदै गरेको अवैध काठसहित चार जनालाई आज उपभोक्ताले नियन्त्रणमा लिएका छन् ।

नेवारपानी ढोडपाखा सामुदायिक वनबाट आज अवैध रुपमा कटान गरी लैजाँदै गरेको ६२ गोलिया काठसहित एक थान मिनीट्रक, काठ काट्न प्रयोग गरिएको आरीसहित चोरीमा संलग्न चार जनालाई सामुदायिक वनका उपभोक्ताले समातेर कारवाहीका लागि वन कार्यालयमा बुझाएको उपभोक्ता समितिका सचिव राजु पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार बा.४ख ६३५१ नंको गाडीसहित पक्राउ पर्नेमा त्यसका चालक नुवाकोट शिवपुरी गाउँपालिका–१ का राजेश तामाङ, वडा नं ३ का टीका लामा र राजकुमार लामा तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का सुजन तामाङ रहेका छन् ।

उनीहरुले रातको समयमा सामुदायिक वनबाट २२ वटा खोटेसल्लाको रूख कटान गरी गोलिया बनाएर लैजाँदै गरेको समयमा उपभोक्ताले नियन्त्रणमा लिएर कारवाहीका लागि वन कार्यालयमा बुझाएको डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले जानकारी दिनुभयो । पक्राउ परेकालाई वन ऐनअनुसार नुवाकोट जिल्ला अदालतबाट कारवाहीका लागि अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ६ : ५८ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन