२०८१, १८ बैशाख मंगलबार

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’ :अध्यक्ष गुरागाईं

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’ :अध्यक्ष गुरागाईं


काठमाडौँ, २६ पुस: नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको र पछिल्लो दिनमा त्यसको सान्र्दभिकता अझै बढेकामा जोड दिइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेजले हिमालयन हाइड्रो एक्पोका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकार र निजी क्षेत्रले सक्रियताका साथ काम गर्ने हो भने आगामी १० वर्षमा नेपालको ऊर्जा क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

निजी क्षेत्रले उठाएका धेरैजसो माग सम्बोधन भए पनि वन क्षेत्रको जग्गा प्रयोगलगायतका विषय अझै सम्बोधन हुन नसकेको अध्यक्ष गुरागाईंको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एउटा निर्णय गर्ने, त्यसलाई वन तथा वातावरण मन्त्रालयले अस्वीकार गर्ने प्रवृत्ति हाबी भएको भन्दै त्यसलाई निराकरण गर्न पनि साझा प्रयत्न जरुरी रहेको उहाँको भनाइ थियो । आगामी माघ ४ गतेदेखि आयोजना हुने एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेसमेत आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको सो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ । एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, सामग्री आयातकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहनेछ ।

एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यवसायी महासङ्घ, नेपाल बैंकर्स सङ्घ, जलविद्युत् लगानी तथा विकास कम्पनीको सहयोग रहनेछ । मेलामा चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी हुँदैछन् । जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ । जलविद्युत् उत्पादनको गति तीव्र भइरहेका बेला आयोजना निर्माणमा महत्वपूर्ण योगदान दिँदै मुलुकलाई जलविद्युत्मा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने लक्ष्यमा अघि बढ्न एक्स्पोले टेवा पु¥याउने विश्वास लिइएको इपानका उपाध्यक्ष कुमार पाण्डेले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ८ : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने