२०८१, २१ बैशाख शुक्रबार

मेलम्ची आयोजनालाई समयमै सम्पन्न गराउन कर्मचारी तयार

मेलम्ची आयोजनालाई समयमै सम्पन्न गराउन कर्मचारी तयार


काठमाडौँ, २० पुस : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरु जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताएका छन् । उनीहरुले सो आयोजनाको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफूहरु सक्षम र तयार रहेकोसमेत बताएका छन् । केयुकेएलअन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी सङ्गठनको आज भएको एकता भेलामा कर्मचारीले १८ घण्टासम्म खटेर भए पनि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन र सहज ढङ्गले वितरण गर्न सक्षम रहेको बताएका हुन् ।

कर्मचारी युनियन एकीकरण कार्यदलका संयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने वातावरण तयार गर्न र वितरण गर्न आफूहरु दिनरात नभनी खट्ने प्रतिबद्धता जनाउनुभयो । भेलामा अधिकांश कर्मचारीले छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । सो अवसरमा खानेपानीमन्त्री बीना मगरले केही तत्वले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौँमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “केही स्वार्थी समूहले मेलम्ची नआओस् भन्ने चाहेको छ”, उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई विफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन्, तर सरकार कहीँकतै विचलित हुने छैन, काममा दृढ सङ्कल्पका साथ मन्त्रालय अघि बढेको छ ।”

मन्त्री मगरले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सहज ढङ्गले वितरण गर्न कर्मचारीमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्यमुख्य शहरमा खानेपानीको आपूर्ति गर्न केही ठूल ठूला आयोजना अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । खानेपानी तथा सरसफाइको क्षेत्रमा पहिलोपटक मन्त्रालयले साझा ऐन कानून बनाउन लागि परेको उल्लेख गर्दै उहाँले अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानी विधेयक तयार भएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ९ : १३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने