२०८१, १० बैशाख सोमबार

हर्न निषेधित तथा प्लाष्टिक नियन्त्रण अभियान शुरु

हर्न निषेधित तथा प्लाष्टिक नियन्त्रण अभियान शुरु


वीरगञ्ज, १७ पुस: वीरगञ्ज महानगरपालिकाले आजदेखि हर्न निषेधित तथा प्लाष्टिकमुक्त अभियान शुरु गरेको छ । बढ्दै गएको हर्न तथा प्लाष्टिकको प्रयोगले महानगर क्षेत्रमा प्रदूषण बढ्नुका साथै नगरक्षेत्र कुरुप बन्न थालेपछि सोको नियन्त्रण गरी स्वच्छ नगर बनाउने लक्ष्य लिइएकोे छ । प्लाष्टिकको प्रयोगले आँखाको समस्या, दम, फोक्सोको क्यान्सर, थाइराइड र प्रजननसम्बन्धी हर्मोनको समस्या हुने गरेको छ । महानगरले आजदेखि ३० माइक्रोनभन्दा कमका प्लाष्टिक उत्पादन र प्लाष्टिकजन्य पदार्थको उपयोगमा कडाइका साथ नियन्त्रण गर्ने तथा प्रेसर हर्न बजाउन बन्देज लगाएको छ ।

नगरप्रमुख विजयकुमार सरावगीले आफ्नो मौलिकता संरक्षण र विकासमा मात्र सामाजिक समृद्धि सम्भव भएकाले सो प्राप्ति गर्न पहिलो चरणमा जनतालाई सुसूचित गर्न सो अभियानको थालनी गरिएको र उक्त अभियान उल्लङ्घन गर्नेलाई कारवाही गरिने बताउनुभयो । बत्तीस वडा रहेको महानगरभित्र दुई लाख ४० हजार ९२२ जनसङ्ख्या रहेको छ । नगरक्षेत्रभित्र दैनिक निस्कने ८० टन फोहरमध्ये बढी प्लाष्टिक नै हुने गरेको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ७ : ०४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने