२०८१, १६ बैशाख आईतबार

‘सामाजिक सुरक्षाको कार्यान्वयनबाटै समृद्धि सम्भव’:मन्त्री विष्ट

‘सामाजिक सुरक्षाको कार्यान्वयनबाटै समृद्धि सम्भव’:मन्त्री विष्ट


काठमाडौँ, १२ पुस :श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्घि हासिल गर्न सक्ने बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ र होमनेट नेपालले आज यहाँ आयोजना गरेको ‘अनौपचारीक क्षेत्रका श्रमिक, गरीबको सामाजिक तथा आर्थिक सुरक्षाका लागि उपलब्ध नीतिको कार्यान्वयन’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “मुलुकमा सञ्चालित उद्योगको रुपान्तरणका लागि त्यहाँ कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।” मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गर्दै समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्योगको उत्पादनमा लाग्ने लागत घटाउन र उत्पादकत्वमा वृद्घि गर्ने विषय सामाजिक सुरक्षाको कार्यान्वयनमा निर्भर गर्ने बताउनुभयो । घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष सूर्य कँडेलले ढिलै भए पनि मुलुकमा सामाजिक सुरक्षाको ठोस कार्यक्रम आएकामा खुसी व्यक्त गर्दै आर्थिक क्रान्तिका लागि घरेलु तथा साना उद्योग व्यवसायको प्रवद्र्घन गरिनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ८ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने