२०८१, १५ बैशाख शनिबार

देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ : प्रचण्ड

देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ : प्रचण्ड


चितवन, १० पुष : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताउनुभयो ।

चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न नसकेको प्रसङ्ग कोट्याउँदै उहाँले अन्तर्राष्ट्रिय नियम कानूनका कारण पुल बन्न रोकिएको बताउनुभयो । गोलाघाट पुल विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । दाहालले भन्नुभयो, “देश गरीब भएपछि सजिलै हुन सक्ने काम पनि पूर्णविराम लगाएर दुःख दिने काम हुँदो रहेछ ।” गरीब र पछाडि परेको हुनाले अन्तर्राष्ट्रिय नियम कानून भएका नभएका हामीलाई लागेको भन्दै उहाँले देश सम्पन्न भएमा यस्ता ऐन कानूनले रोक्न नसक्ने बताउनुभयो । दाहालले थप्नुभयो, “अहिले देशमा संविधान जारी भएर बलियो सरकार बनेपछि अब विस्तारै सकारात्मक वातावरण बनेको छ । समृद्धिको यात्रामा प्रतिबद्ध भएर लाग्नुपर्छ ।”

उहाँले चार वर्षभित्र नारायणी, राप्ती र रिउमा तटबन्धनसहित चक्रपथ निर्माणले जिल्लाको मुहार फेरिने बताउनुभयो । चितवनले पर्यटकीय विकासको दृष्टीकोण गुणात्मक प्रगति हासिल गर्ने चरणमा पुगेको भन्दै अध्यक्ष दाहालले चार वर्षभित्र विश्वभरबाट चितवनलाई हेर्न पर्यटक आउने वातावरण निर्माण हुने बताउनुभयो । चितवनको सबै बाटाहरु कालोपत्रे हुन्छन्, उहाँले भन्नुभयो, “नारायणी, राप्ती, र माडीको रिउ नदीमा तटबन्धनसहितको रिङरोड बहुवर्षीय योजनामा निर्माण गर्ने निणर्य भएको छ । यो कामले पूर्णता पाउन साथ चितवनको मुहार फेरिन्छ ।”

जिल्लामा उद्योगधन्दा र कलकारखानाको स्थापना भएसँगै जिल्लाले सिङ्गै देश विकासको नमुना प्रस्तुत गर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमकुमार श्रेष्ठ, प्राचार्य दुर्गाप्रसाद सापकोटालगायतले बोल्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ५ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने