२०८१, ५ जेष्ठ शनिबार

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली


काठमाडौँ, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ । पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै हो भन्नुभयो ।

हाम्रा कला, संस्कृति, गौरवलाई खेर जान नदिने प्रण गर्दै प्रधामन्त्री ओलीले सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्छ भन्नुभयो । उहाँले सम्पूर्ण नेपालाई गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ ।”

पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै उहाँले काठमाडौँमा जताबाट हेरेपनि देखिने धरहरा दुइै वर्षभित्र बन्ने विश्वास दिलाउनुभयो । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको बताउँदै प्रधामन्त्री ओलीले भन्नुभयो, “विकासलाई अघि बढाउने संकल्प गरेका छौँ, सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको छ, तर देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न सक्दैन ।”

काठमाडाँै विमानस्थललाई विश्वकै बुटीक विमानस्थलका रुपमा विकास गर्न आफूले चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुटीक एयरपोर्ट भनेको आफ्नो परम्परा, कला, संस्कृति र भेषभूषा जस्तै हो, विमानस्थमा ओर्लनास नेपाली धुन सुन्न, नेपालमा उत्पादन भएको अर्गानीक चिया पिउन पाएमा यहाँको सभ्यता, संस्कृति, भेषभूषा र कला देखेर विदेशी खुशी हुन्छन् ।”

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका भेषभूषा, कला र संस्कृतिको जर्गेना गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मगलकृष्ण सिंहले काठमाडौँ उपत्यकामा रहेको मौलिक परम्परा, चार्ड पर्व, भेषभूषा, कला र संस्कृतिको संरक्षणमा कोषले महत्वपूर्ण विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।

समारोहमा प्रधानमन्त्री ओलीले ज्यापु दिवसका अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै ज्यापु कला र संस्कृति प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न क्षेत्रमा महानुभावलाई सम्मान गर्नुभयो । यसअघि पन्ध्रौ राष्ट्रिय ज्यापु दिसवका अवसरमा ज्यापु समाजसँग सम्बन्धीत विभिन्न सङ्घ संस्थाको अगुवाइमा काठमाडौँ गणेशस्थानबाट शुरु भएको ¥याली नरदेवी, असन, भोटाहिटी, नयाँ सडक, पाको हँुदै बसन्तपुरमा पुगेर आमसभामा परिणत भएको थियो । ¥यालीमा काठमाडौँ उपत्यकामा रहेका ज्यापु समुदायको भेषभूषा, रहन सहन झल्कने विविध संस्कृति प्रस्तुत गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ५ : ४० बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको