२०८१, १६ बैशाख आईतबार

पाथीभराको भेटी दुई करोड

पाथीभराको भेटी दुई करोड


ताप्लेजुङ, २४ मङ्सिर:ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु एक करोड ७२ लाख १५ हजार ५४६ पुगेको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको छ । सो रकम दर्शनार्थीले भेटीस्वरुप चढाएका हुन् ।

पछिल्लो पाँच महीनाको भेटी रकम गणनापछि सोमबार पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १४ मुलुकका विदेशी मुद्रा गणना गर्न र सुनचाँदी नापतौल गर्न भने बाँकी छ । पछिल्लो पाँच महीनामा मात्रै ५३ लाखबढी भेटी रकम जम्मा भएको छ ।

हालसम्मको सबै रकम बैंकमा जम्मा गरिसकिएको छ । पछिल्लो एक वर्षको ८० क्विन्टल सिक्कासमेत सङ्कलन गरी सदरमुकाममा ल्याउने काम भइरहेको समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै ८५ हजार ३९० भारतीय रुपैयाँ सटही गर्न बाँकी छ । बर्षेनी पाथीभरामा स्वदेशी तथा विदेशी दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ९ : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने