२०८१, १५ बैशाख शनिबार

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !


मुगु, मंसिर २४ : कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदै छिन् । यहाँ एउटा गोरु जोत्ने पुरानो चलन छ ।

थेनसिंह लामा भन्छन्, यो हाम्रो पुर्खादेखिको चलन हो । यो गाउँमा कसैले पनि दुइवटा गोरु जोत्दैनन् । लामा जातिका एउटा गोरु जोतेर खेती गर्नु पुख्र्यौली परम्परा भएको अर्का स्थानीय ग्याल्जन लामाले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

५१ परिवार लामा जातिको बसोबास रहेको दाउरामा सबैका गोठमा एउटै मात्र गोरु छ । सबैले एउटै गोरु जोतेर खेती लगाउँछन् । पुरुष नहुँदा महिलाले पनि हलो जोत्छन् । पुरुष घरमा नहुँदा हामी आफै हलो जोतेर खेती लगाउँछौँ, स्थानीय याङ्जु लामाले भनिन्, लोग्ने मान्छ् व्यापारका लागि बाहिरफेर गईरहन्छ, घरमा लोग्ने मान्छे नहुँदा महिलाहरुले नै हलो जोतेर खेती लगाउने गरेका छौँ ।

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ६ : ५२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने