२०८१, १६ बैशाख आईतबार

नक्खु कारागारमा फोहर थुप्रियो

नक्खु कारागारमा फोहर थुप्रियो


ललितपुर, २० मङ्सिर: लामो समयदेखि नक्खु कारागारमा फोहर थुप्रिएको छ । ललितपुर महानगरपालिकाले पाँच महीनादेखि फोहर उठाएको छैन । केही समय अघि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अनुगमनका लागि आउँदा थुप्रिएको फोहर उठाएको कारागारका स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताउनुभयो । “त्यतिबेला दुई ट्रक सङ्कलन गरेर फोहरको मात्रा कम गरिएको थियो,” उहाँले भन्नुभयो, “फोहर नियमितरुपमा उठाउन सकिएको छैन ।”

झण्डै एक हजारको हाराहारीमा कैदीबन्दी भएको जेलमा एकै दिनमा ठूलो परिमाणमा फोहर जम्मा हुन्छ । फोहर नउठाउँदा विभिन्न रोगको जोखिम रहेको दाहालले बताउनुभयो । “सरुवा रोगको सम्भावना छ । फोहरका कारण जोखिम बढेको छ,” उहाँले भन्नुभयो, “फोहरको विषयमा महानगरपालिका गम्भीर हुनुपर्छ ।” यहाँ दुई ब्लक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरिरहेको छ । नयाँ ब्लक बनिसक्दा कैदीबन्दीको सङ्ख्या अझै बढ्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ७ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने