२०८१, १६ बैशाख आईतबार

काभ्रेका कुमार प्रहरी फन्दामा

काभ्रेका कुमार प्रहरी फन्दामा


काठमाडौँ, १८ मंसीर : सवारी दुर्घटना गराएर भाग्ने क्रममा काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ घर भएका एक सवारी चालकलाई प्रहरीले सिसिटिभी क्यामेराको सहयोगमा मंगलबार पक्राउ गरेको छ ।

यही मङ्सिर १२ गते बिहान चार बजे टेकुमा दुर्घटना गराएर भाग्ने बनेपा–५ का कुमार श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । टेकुमा भएको सडक दुर्घटनामा कञ्चनपुर भीमदत्तनगर–१८ का जीवन सिंह घाइते भएका थिए ।

उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लैजाने क्रममा सिंहको मृत्यु भएको थियो । प्रहरीले प्रविधिको प्रयोग गरेर दुर्घटना गराई भाग्नेलाई पक्राउ गर्न सफल भएको छ। सिसिटिभी फुटेजका आधारमा बा १८ च ३२९३ नम्बरको भ्यान खोज्दै जाँदा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले बताएका छन् ।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने