२०८१, १५ बैशाख शनिबार

सत्तरीमा एक बर्षमा ९३ सवारीसाधन दुर्घटना, २३ जनाको मृत्यु

सत्तरीमा एक बर्षमा ९३ सवारीसाधन दुर्घटना, २३ जनाको मृत्यु


दाङ, १६ मङ्सिर: जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उत्तमकुमार जिसीका अनुसार सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना भएको थियो । यस्तै १२ बस, १० ट्र्याक्टर, आठ जीप तथा कार, छ टेम्पो तथा तीन÷तीन ट्रक र टिपर दुर्घटना भएको थियो । गत आवको सोही अवधिमा ८९ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो ।

प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ५९२ चालकलाई कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक चार हजार ८९, ट्रक चालक दुई हजार ९६, बस चालक एक हजार ३९६, जिप चालक एक हजार २२४, ट्र्याक्टर चालक एक हजार २००, टेम्पो चालक ४८७ र अटोरिक्सा चालक १०० भन्दा बढी रहेका छन् । चालकलाई कारवाही गर्दा रु ६४ लाख ७२ हजार राजश्व सङ्कलन भएको जिसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने