२०८१, १६ बैशाख आईतबार

पाल्पा लोक आइडलमा धनमाया विजयी

पाल्पा लोक आइडलमा धनमाया विजयी


पाल्पा, ९ मङ्सिर : तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल हुनुभएको हो । गत पुस १५ गतेदेखि शुरु भएको ‘पाल्पा लोक आइडल’मा बगनासकालिका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा उत्कृष्ट पाँचमा प्रतिपस्र्धा भएको थियो ।

जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौटमा हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिपस्र्धा भएको थियो ।
कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताउनुभयो । पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ५ नं प्रदेशका सांसद डा पुरन बज्रचार्य, वीरबहादुर राना, नेकपाका खिमान्द्र पाण्डेय, नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर सारु, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनालले हराउँदै गएको लोकसंस्कृति संरक्षणका लागि लोक आइडल प्रतियोगिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ८ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने