२०८१, ६ जेष्ठ आईतबार

काभ्रेका किसानको गोठमा मन्त्री पुगेपछि : किसान दङ्ग

काभ्रेका किसानको गोठमा मन्त्री पुगेपछि : किसान दङ्ग


काठमाडौँ, ८ मंसिर कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुग्नुभयो ।

मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आफ्नो कृषि कर्ममा तल्लिन थिए । मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उहाँ अचम्मित र खुशी हुनुभयो ।

कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा पुग्ने तदारुकता देखाउनु भएको छ । यस कार्यको पात्लेखेतका जनताले खुलेर प्रशंसा गरेका छन् ।

कृषि क्षेत्रको विकास तथा विस्तारका लागि राज्यले अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि विभागीय मन्त्रीले किसानको घर गोठमा पुग्दा धेरै विषयको जानकारी प्राप्त हुने धारणा कृषिविज्ञ कृष्ण पौडेलको छ ।

कृषक गौतमले झण्डै ८०० रोपनी जग्गामा तरकारी तथा फलफूल र ३०० भन्दा बढी गाईपालन गरेर उदाहरणीय काम गर्नुभएको छ ।

हालै गरिएको एक अध्ययनले नेपालको ४२ प्रतिशत जमिन बाँझो देखिएको छ तरपनि मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका ४० देखि ५० लाख युवा वैदेशिक रोजगारमा जानुले मुलुकमा कृषि परनिर्भरता बढेको छ ।

मन्त्री खनालले खेतीबाट फाइदा हुन सक्छ भन्ने हिस्सा सानो रहेको र केही गर्छौ भन्नेसँग श्रम, प्रविधि र जमिनको अभाव रहेकाले कृषिमा परनिर्भरता बढेको बताउनुभयो । रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ६ : १४ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको