२०८१, १५ बैशाख शनिबार

त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने

त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने


काठमाडौँ, ७ मङ्सिर : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र विद्यार्थीलाई सूचनामा सहज पहुँच पु¥याउनका लागि त्रिविलाई पहिलोपटक निःशुल्क वाइफाइ क्षेत्र घोषणा गर्न थालिएको त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले जानकारी दिनुभयो ।

“त्रिविका हरेक कामकारवाही सूचना प्रविधिमार्फत गर्नका लागि निःशुल्क वाइफाइ क्षेत्र बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “अब त्रिविका हरेक क्रियाकलाप सूचना प्रविधिबाट हुन्छ ।” त्रिविलाई कागजविहीन बनाउन र विद्यार्थीलाई सूचना प्रविधि प्रयोग गरेर शिक्षा प्रदान गर्नका लागि वाइफाइ क्षेत्र बनाउन थालिएको निर्देशक प्राडा पोखरेलले बताउनुभयो । उहाँअनुसार अबको एक महीनाभित्र त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने छ ।

यसका लागि त्रिविले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । अहिले त्रिवि क्षेत्रभित्र सवै स्थानका वाइफाइका लागि अप्टिकल फाइबर बिछ्याउने कामसमेत द्रूतगतिमा भइरहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम एक महीनाभित्र सकिने र त्यसपछि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गरिने छ । त्रिविलाई सूचना प्रविधिमैत्री बनाउनका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।

“अब इन्टरनेटमा खोजेर पनि विभिन्न विषयको अध्ययन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई पनि पठनपाठनमा सजिलो होस् भनेर इन्टरनेट आवश्यक पर्ने भएकाले निःशुल्क वाइफाइ बनाउन थालिएको हो ।” विद्यार्थीले त्रिविमा गएर आफूलाई अनुकूल हुने पाठ्यक्रम सामग्री, पाठ्यक्रम र अन्य सामग्री खोज्न सक्नेछन् ।

निश्चित क्षेत्रसम्म वाइफाइ हुनेछ र त्रिविको क्षेत्रमा प्रवेश गर्नासाथ सबैको कम्युटर, ल्याबटप र मोबाइलमा निःशुल्क इन्टरनेट हुनेछ । विद्यार्थीले त्रिविको जुनसुकै ठाउँमा बसेर पनि आफूलाई चाहिएको पाठ्य सामग्री इन्टरनेटबाट पढ्न सक्ने छन् । पहिलो चरणमा त्रिविको केन्द्रीय क्याम्पसमा निःशुल्क वाइफाइ घोषणा गरेपछि विस्तारै देशभरिका आफ्ना आंगिक क्याम्पसमा यो योजना लागू गर्ने लक्ष्य रहेको निर्देशक प्राडा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिविले दोस्रो चरणमा उपत्यकाका आंगिक र तेस्रो चरणमा देशभरिका आंगिक क्याम्पसमा यो योजना लागू गर्नेछ ।

स्मार्ट बोर्ड
त्रिविले केन्द्रीय क्याम्पसलाई सूचना प्रविधियुक्त माध्यमबाट शिक्षा दिनका लागि मार्कर र बोर्डको सट्टामा ‘स्मार्ट बोर्ड’ समेत प्रयोगमा ल्याएको छ । शिक्षा, व्यवस्थापन र विज्ञान सङ्कायमा स्मार्ट बोर्डको शुरुआत गरेको त्रिविले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : २७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने