२०८१, ११ बैशाख मंगलबार

प्रथम प्रकाश स्मृति कप:काभ्रे र दोलखा विजयी

प्रथम प्रकाश स्मृति कप:काभ्रे र दोलखा विजयी


चरिकोट, ३ मङ्सिर : दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा आज भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् ।

काभ्रे र दीपशिखा रामेछापबीच भएको आजको पहिलो खेलमा ३–० गोल अन्तरले काभ्रेले जितेको छ । काभ्रेका लागि टिम क्याप्टेन समीर खड्काले पहिलो हाफको पाँच मिनेटमा एक र दोस्रो हाफको ५३औँ मिनेटमा एक गोल गरी दुई गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा काभ्रेका रुमन श्रेष्ठले पुनः एक गोल गरेका थिए ।

आजै भएको दोस्रो खेलमा दोलखा र सानो गौचरण क्लब बीचको खेलमा ४–० गोल अन्तरले दोलखाले जीत हात पारेको छ । दोलखाका लागि खेलको २५औँ मिनेटमा हिमाल श्रेष्ठले पहिलो गोल गरेका थिए । खेलको ६७ मिनेटमा टिम क्याप्टेन सन्त तामाङले एक गोल गरेका थिए भने सुरेन्द्र बुढाथोकीले एक गोल गरेका थिए । खेल मैदान प्रवेश गरेको दुई मिनेट पनि बित्न नपाउँदै रसिन भुजेलले ८५ मिनेटमा गोल गर्दै टोलीका लागि फराकिलो गोल अन्तरले जित दिलाएका थिए ।
मङ्गलबार हुने पहिलो क्वार्टर फाइनलको खेलमा एपिएफ नेपाल र चितवन जिल्ला फुटबल सङ्घबीच हुने भएको छ । दोस्रो खेल दीपशिखा नैकाप र श्री कुमारी क्लबबीच हुने आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : १७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने