२०८१, १६ बैशाख आईतबार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


भादगाउँ, २ मङ्सिर: चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएकाले एकादशीको दिन मन्दिरमा ठूलो मेला लाग्ने हुनाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदाको घोषणा गरेको नगरप्रमुख मिश्रले बताउनुभयो ।

ठूलो एकादशीलाई ध्यानमा राखी आज नगर प्रमुख मिश्रको नेतृत्वमा प्रदेश सभा सदस्य सरस्वती बाटीसहितको टोलीले चाँगुनारायण मन्दिर परिसरको अनुगमन गरेको छ । एकादशीको दिन ठूलो सङ्ख्यामा भक्तजनको आवागमन हुने उक्त स्थानको सरसफाइ, मोटर पार्किङ, भक्तजनका लागि आवश्यक स्वास्थ्य सेवा एवं सहज दर्शनका लागि भइरहेको कार्यको निरीक्षणका लागि अनुगमन गरेको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो । नगरप्रमुख मिश्रले भोलिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ७ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने