२०८१, १० बैशाख सोमबार

हनुमन्ते नदीबाट छ टन फोहर सङ्कलन

हनुमन्ते नदीबाट छ टन फोहर सङ्कलन


भक्तपुर, १ मङ्सिर: भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३८औँ हप्ता छ टन फोहर सङ्कलन भएको छ । आज भक्तपुरको सल्लाघारी क्षेत्रमा भएको नदी सफाइ अभियानमा छ टन फोहर सङ्कलन भएको हो । यो क्षेत्रमा गत शनिबार पनि गरिएको सफाइमा छ टन नै फोहर सङ्कलन गरिएको थियो । प्रदेश नं ३ को सांसद रजनी जोन्छेको प्रमुख आतिथ्यमा भएको उहाँले सबैको साथ र सहयोग नदी सफाइमा हुनु आवश्यक रहेको बताउनुभयो ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले भक्तपुरलाई सफाइको चिनारीसँग जोड्न हनुमन्ते नदी सफाइ हुनुपर्ने आवश्यक रहेको बताउँदै अभियान सफल पार्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा अभियानका प्रमुख सल्लाहकार पूर्वउद्योगमन्त्री एवं सांसद महेश बस्नेतले भक्तपुरको समग्र परिवर्तनका लागि लागि रहेको बताउँदै हनुमन्ते नदी सफाइ पनि परिवर्तनकै पाटो भएको बताउनुभयो ।

सफाइ अभियानमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधीकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, भक्तपुर जिल्ला समन्वय समिति सहसंयोजक सरिता कुँवर, वीरदल गणका गणपति शिवप्रसाद पौडेललगायत विभिन्न सङ्घसंस्था, विद्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ४६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने