२०८१, २० बैशाख बिहीबार

विश्व महिला बक्सिङमा दुई नेपाली खेलाडीले भाग लिने

विश्व महिला बक्सिङमा दुई नेपाली खेलाडीले भाग लिने


काठमाडौँ, २६ कात्तिक : भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धरलगायतले आज यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

टोलीको प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य लक्ष्मण कार्की रहेका छन् । उक्त च्याम्पियनसिपमा विभिन्न ६० राष्ट्रको सहभागिता रहनेछ ।

अध्यक्ष अवालले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको पनि घोषणा गर्नुभयो । खेलाडीलाई एक बाउट जितेमा रु २५ हजार, दुई बाउट जितेमा रु ७५ हजार र पदक जितेमा रु दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । नेपाली टोली मङ्गलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ९ : १३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने