२०८१, १५ बैशाख शनिबार

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड


पोखरा, २० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेल भएको बताउनुभएको छ । पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको आज यहाँ आयोजित पदक वितरण समारोहमा उहाँले खेलले सभ्यता र राष्ट्रिय अनुशासनका लागि सन्देश दिने बताउनुभयो ।

पोखरामा फुटबल प्रतिको आकर्षण रहिरहेका अवस्थामा प्रिमियर लिग सञ्चालनसँगै यो ठाउँ क्रिकेटका लागि पनि आकर्षक स्थल बनेको उहाँको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन पार्टी तथा सरकार लाग्ने बताउँदै उहाँले त्यसका लागि आफूले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने विश्वास व्यक्त दिलाउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालमा क्रिकेट खेलको विकासमा जोड दिनुपर्ने बताउनुभयो । प्रतियोगितामा पोखरा पल्टनले चितवन राइनोजलाई हराउँदै प्रिमियम लिगको उपाधि हासिल गर्न सफल बन्यो । विजेताले रु २७ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेताले रु १० लाखमा चित्त बुझाएको थियो । प्रतियोगिताका विजेता, उपविजेता, विभिन्न विधामा उत्कृष्टता हासिल गर्नेलाई उक्त अवसरमा अध्यक्ष प्रचण्ड, पूर्वमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापा, प्रदेशसभा सदस्यहरूले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ८ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने