२०८१, १६ बैशाख आईतबार

चिनि छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

चिनि छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका


काठमाडौँ, कात्तिक १६ : चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ । दसैं, तिहार र सभापतिको विदेश भ्रमण देखाउँदै समितिको बैठक नबस्दा प्रतिवेदन थन्किएर बसेको हो ।

समितिले चिनीबारे अध्ययन गर्न पूर्ववाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । यसले मन्त्रिपरिषदको निर्णयबाट लगाइएको चिनी आयातको परिमाणात्मक बन्देज हटाउने, मूल्य घटाउन सरकारलाई निर्देशन र निर्णय प्रक्रियामा संलग्न सरकारी अधिकारीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने सुझाव पेस गरेको थियो ।

प्रतिवेदन समितिका सभापति भरत शाहलाई बुझाएको २२ दिन बितिसकेको छ । उपभोक्ताले सबैभन्दा बढी चिनी प्रयोग गर्ने समय तिहार हुनै लाग्दा पनि प्रतिवेदनमाथि कुनै छलफल नहुँदा समितिमाथि नै शंका उत्पन्न भएको सदस्यले प्रतिक्रिया दिएका छन् ।,यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने