२०८१, ११ बैशाख मंगलबार

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान


राजविराज, २ कात्तिक सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ ।

हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ ।

उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी¬बोकाको बलि दिइएको छ ।

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ८ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने