२०८०, ८ आश्विन सोमबार

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता

इन्जिनियरिङ कलेजमा ३३ करोड ७६ लाख अनियमितता


काठमाडौं, असोज २५: नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो ।

कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

सञ्चालक समिति सदस्य हरिप्रसाद पाण्डे, सलिल भट्टराई, डा.दीपक भट्टराई, सोमप्रसाद मिश्र, प्राचार्य हरिकृष्ण श्रेष्ठ र सहायक प्राचार्य दीपक धामीले कलेजको आर्थिक हिसाब पारदर्शी बनाउन ‘जी पौडेल एण्ड एसोसिएट्स’ बाट लेखापरीक्षण गराएका थिए।

जसअनुसार अध्यक्ष लम्बोदर न्यौपानेलगायत १५ जनाको नाममा बेरुजु देखिएको हो। लेखापरीक्षण प्रतिवेदनअनुसार न्यौपानेको नाममा १३ करोड ३२ लाख ३६ हजार ३ सय ९५ रुपैयाँ, रामरत्न उपाध्यायको नाममा ७९ लाख ३२ हजार ५ सय ३१ रुपैयाँ, लवराज भट्टराईको नाममा २ करोड ४३ लाख ५९ हजार ८ सय ९४ रुपैयाँ र उपेन्द्र गौतमको नाममा १ करोड ७८ लाख १६ हजार ७ सय १८ रुपैयाँ बेरुजु देखिएको छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ३७ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।