२०८१, १६ बैशाख आईतबार

धादिङमा बस पल्टियो : ७ जना घाइते, एकको अवस्था गम्भीर

धादिङमा बस पल्टियो : ७ जना घाइते, एकको अवस्था गम्भीर


धादिङ, २४ असोज : नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय शिव कसाईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । धादिङबेशीबाट आरुघाट सल्यानटार जाँदै गरेको अवस्थामा ना ४ ख ५६३९ नम्वरको बस अनियन्त्रित भई बस पल्टेको उहाँले बताउनुभयो ।

त्यस्तै, दुर्घटनामा परि सिन्धुली जिल्ला दुधौली नगरपालिका –३, का १८ वर्षीय अनिल अधिकारी, बारा जिल्ला बेलडाडीका ६५ वर्षीय रामदोनी महतो, बारा जिल्ला बेलडाडीकै ३८ वर्षीय नन्दकिशोर महतो, भारत गोरखपुरका ३० वर्षीय सतिश शर्मा लगायत ७ जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको प्रहरी उपरीक्षक विकले बताउनुभयो । सवारी चालक फरार रहेकोे र खोजी कार्य भैरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ५ : ४० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने