२०८२, २७ मंसिर शनिबार

सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा

सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा


काठमाडौँ, २१ असोज : केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।

भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको आज उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक संसदमा पेश गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयमा अब पूरानै ढर्रामा कार्य सम्पादन गर्नु हुँदैन, सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर गुणात्मक फड्को मार्नुपर्छ ।”

कार्यालय प्रमुख श्यामकुमार सिंहले सवारी चालक अनुमतिपत्र प्रदान गर्ने, नवीकरण गर्ने र प्रतिलिपिको व्यवस्थापनमा सक्रिय रहेको कार्यालयले अहिले दशैँको समयमा यात्रुलाई सहजरुपमा यातायात सुविधा प्रदान गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

मोटरसाइकल व्यवस्थापन शाखाका प्रमुख गणेश अर्यालले दक्ष जनशक्तिको अभावमा दैनिक कार्य सम्पादनमा समस्या भइरहेको बताउनुभयो । सोही स्थानमा रहेको यातायात व्यवस्था कार्यालयअन्तर्गत साना÷ठूला सवारीको भवनमा पनि प्रदेश सरकारको नयाँ बोर्ड राखिएको छ । चालक अनुमतिपत्र कार्यालयबाट रु ३२ करोड ७३ लाख तथा यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारीबाट रु सात अर्ब १४ करोड राजश्व सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ९ : ४३ बजे

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी