२०८१, १० बैशाख सोमबार

काभ्रे आएर राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले भने ‘तीन तहकै सरकार नमिलेसम्म देशमा विकास असम्भव’

काभ्रे आएर राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले भने ‘तीन तहकै सरकार नमिलेसम्म देशमा विकास असम्भव’


धुलिखेल/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले तीनै तहका सरकार नमिल्दासम्म देशमा विकास सम्भव नरहेको बताएका छन् ।

नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न शनिबार काभ्रेको पनौती पुगेका उनले स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकार बीचको समन्वयले मात्रै देशको विकास हुने बताएका हुन् । ‘ठूल ठूला विकासको काममा आजको भरे नै आमुल परिवर्तन आउँछ भन्ने त छैन्, उनले भने ‘तर दीर्घकालिन विकास गर्न सबैभन्दा बढी स्थानीय जनता जागरुक हुनुपर्छ, प्रदेश र केन्द्रले पर्याप्त समन्वय गरिदिनुपर्छ ।’

उनले कागजमा थुप्रै अधिकार मात्रै लेखेर नहुने तर्क गरे । ‘नागरिक समृद्ध भए मात्रै अधिकारको सहि उपभोग हुन्छ, उनले भने ‘त्यसका लागि उत्पादनमा हामीले ब्यापक परिवर्तन गर्न जरुरी छ, जुन अहिलेको उत्पादनले मुलुकलाई समृद्धि बनाउन गाह्रो पर्छ ।’

अध्यक्ष तिमल्सिनाले तीन तहको सरकार जस्तै अभिभावक, शिक्षक र विद्यार्थीको तालमेलले मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने दाबी गरे । उनले शिक्षा ब्यापार नभई सेवा भएकाले शिक्षकहरुलाई तलबसँग शिक्षण पेसा नजोड्न आग्रह गरे । ‘गुणस्तरीय शिक्षाका लागि सबैको मेहेनत आवश्यक पर्छ, उनले भने ‘शिक्षकशिक्षिकाको मेहेनतले कलिला बालबालिकाको भविष्य राम्रो बनाउन मद्दत पुर्याउँछ ।’

शिक्षक शिक्षिकाले कक्षा कोठामा गर्ने शिक्षण सिकाई क्रियाकलापले पनि बालबालिकालाई विद्यालयमा टिकाई राख्न ठूलो भूमिका निर्वाह गर्ने अध्यक्ष तिमल्सिनाको ठम्याइछ । ‘२५, ३० वर्षअघि आफुले हासिल गरेको ज्ञान र सिपले अहिलेका बालबालिकालाई पुग्दैन्, उनले भने ‘त्यसैले समयानुकुल शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रममा पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपानेले शिक्षक शिक्षिकालाई समयमा विद्यालय आउने र बालबालिकालाई मायालु वातावरणमा पठनपाठन गर्न सके सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुने बताए । ‘हामीले नीजी विद्यालयसँग सामुदायिक विद्यालयलाई प्रतिस्पर्धि बनाएर लैजानुपर्छ, उनले भने ‘त्यसका लागि नगरपालिकाले सामुदायिक विद्यालयहरुका समस्या बुझेर नीति, योजना तथा कार्यक्रम तय गरेको छ ।’

त्यस्तै ग्रामीय समाज कल्याण संघ (आर्सो) नेपालका अध्यक्ष जीत राम लामाले प्रविधियुक्त शिक्षामा सामुदायिक विद्यालयहरुको ध्यान जान जरुरी रहेको बताए । ‘संसारमा धेरै परिवर्तन आइसकेको छ, उनले भने ‘भूकम्पले भत्किएको विद्यालय भवन पनि नयाँ बनिसकेको छ, अब बालबालिकाहरुलाई नयाँ किसिमको शिक्षण सिकाई आवश्यक पर्छ ।’

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : ४५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने