२०८१, १६ बैशाख आईतबार

बलात्कार प्रकरणका अभियुक्त काभ्रेका विकास गौतमद्धारा आत्मसमपर्ण

बलात्कार प्रकरणका अभियुक्त काभ्रेका विकास गौतमद्धारा आत्मसमपर्ण


काठमाडौं, १८ असोज दरबारमार्गको चर्चित होटल ल्याण्डमार्कमा भएको भनिएको सामुहिक बलात्कार प्रकरणका एक अभियुक्तले जिल्ला अदालत काठमाडौंमा आत्मसमपर्ण गरेका छन् ।

माघ ७ गते राती भएको सो घटनाका अभियुक्त काभ्रे स्थायी घर भएका विकास गौतमले आत्मसमर्पण गरेका हुन् ।

गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेको प्रहरीले जानकारी दिएको छ । अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताईएको छ ।

बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक सई चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो । दाङ स्थायी घर भएकी युवतिलाई शैलेस कार्कीसहित विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठले सामूहिक बलात्कार गरेको भन्दै युवतीले प्रहरीसमक्ष लिखित जाहेरी दिएकी थिईन् ।

युवतीको बयानका आधारमा पक्राउ परेका शैलेस कार्की र युवतीबिच महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालय बाहिर कागज बनाएर मिलापत्र गराईदिएको प्रहरी स्रोतको भनाई छ ।

इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानबिन समिति गठन गरेको थियो । महानगरीय प्रहरी कार्यालय रानिपोखरीले पनि दरबारमार्ग घटनामा छुट्टै समिति गठन गरेर छानबिन गरेको थियो ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  १ : १६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने