२०८१, १० बैशाख सोमबार

बैंकिङ् सेवासुविधा अपाङ्गमैत्री बनाउन माग

बैंकिङ् सेवासुविधा अपाङ्गमैत्री बनाउन माग


काठमाडौँ, १३ कात्तिक : नेपाल अपाङ्ग मानव अधिकार केन्द्रलगायतले अपाङ्गता भएका व्यक्तिलाई बैंकिङ् सेवासुविधामा सहजता गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

केन्द्रका अध्यक्ष जगदीशप्रसाद अधिकारीले बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई बालुवाटारस्थित कार्यकक्षमा ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभयो । बैंकका कार्यकारी निर्देशक पौडेलले अब निर्माण हुने बैंकका संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई अनुकूल हुने गरी बैंकिङ सेवा उपलब्ध गराइने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिका सवाललाई सम्बन्धित निकायसम्म लैजाने र यस विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा केन्द्रका अध्यक्ष अधिकारी, नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष निर्मला धिताल, दृष्टिविहीन सरिता लामिछानेलगायतले बैंकिङ् सेवाअन्तर्गत एटिएम बुथ तथा कार्ड, बैंकका संरचना अपाङ्गमैत्री नभएको बताउँदै बैंकिङ् सेवासुविधालाई अपाङ्गता अनुकूलको बनाउनपर्नेमा जोड दिनुभयो । उक्त पत्रमा प्रत्येक बैंकले एक अपाङ्गता भएका व्यक्तिका लागि रोजगारीको पनि पहल गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने