२०८१, १० बैशाख सोमबार

गोली प्रकरणमा श्रीलङ्काका तेल मन्त्री पक्राऊ

गोली प्रकरणमा श्रीलङ्काका तेल मन्त्री पक्राऊ


कोलम्बो, श्रीलङ्का, १२ कात्तिक:गोली प्रकरणमा श्रीलङ्काको प्रहरीले तेल मन्त्रीलाई सोमबार पक्राउ गरेको छ । आइतबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू तेल मन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि मन्त्री अर्जुना रनातुङ्गाका सुरक्षा गार्डले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

सन् ११९६ मा श्रीलङ्कालाई विश्वकप ट्रफी दिलाउन सफल क्रिकेट खेलाडीसमेत रहेका रनातुङ्गा हालै राष्ट्रपतिबाट पदच्युत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेका बलियो समर्थक मानिनुहुन्छ ।

श्रीलङ्काका ट्रेड यूनियनहरूले मन्त्रीले गोली चलाउन निर्देशन दिएको आरोप लगाउँदै विरोधमा उत्रिएपछि तेल मन्त्री रनातुङ्गालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रवक्ता रूवान गुण्नसेकेराले बताउनुभयो ।

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री मैत्रीपालालाई हटाई श्रीलङ्काको तीन दशक लामो गृहयुद्धलाई बल प्रयोग गरी निष्कर्षमा पु¥याएका शक्तिशाली पूर्व राष्ट्रपति राजपाक्षलाई नियुक्त गरेपछि गहिरिएको श्रीलङ्काको राजनीतिक सङ्कटबीच आइतबार र सोमबार यदाकदा झडपका घटना भएका छन् ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ४० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने