२०८१, ४ जेष्ठ शुक्रबार

यल कप ब्याडमिन्टन शनिबारदेखि

यल कप ब्याडमिन्टन शनिबारदेखि


काठमाडौँ, ६ कात्तिक : पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ । ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच भ्रातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०६५ देखि आयोजना गरिएको यल कप दशौँ संस्करणसम्म आइपुग्दा यसले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

प्रतियोगिता २०७५ कात्तिक १० देखि १७ गतेसम्म आयोजकको आफ्नै कोर्टमा सञ्चालन हुने अध्यक्ष सानुकाजी महर्जनले जानकारी दिनुभयो । रनिङ शिल्डको रुपमा रहेको दशौँ यल कपमा पुरुष युगल, भेट्रान्स (४५ वर्षमाथि), मिक्स युगल र यु–१५ छात्रतर्फ प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा करीब २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता विश्व ब्याडमिन्टन महासङ्घ र नेपाल ब्याडमिन्टन सङ्घको नियमानुसार खेलाइनेछ । करीब रु १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलतर्फका विजयी पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ३०, रु २० र रु १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फ रु १५, रु १० र रु पाँच हजार तथा मिक्स युगल र यु–१५ तर्फ रु १०, रु सात र रु चार हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : ३७ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको