२०८१, ११ बैशाख मंगलबार

चितुवाको छालासहित तीन जना पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ


काठमाडौँ, ५ असोज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा वन्यजन्तुको छाला (आखेटोपहार)सहित तीनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका शेलबहादुर तामाङ, धादिङ बेनीघाट रोराङ गाउँपालिकाका बुद्धिमान तामाङ र कास्की पोखरा लेखनाथ महानगरपालिका शालिकराम सुवेदी रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । उनीहरुलाई काठमाडाँै महानगरपालिका बौद्ध सिद्धार्थमार्गबाट छाला सहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ अनुसार मुद्दा चलाइनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  ९ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने