२०८१, १४ बैशाख शुक्रबार

काभ्रेको पाँचखालमा कृषि सूचना केन्द्र स्थापना

काभ्रेको पाँचखालमा कृषि सूचना केन्द्र स्थापना


काभ्रेपलाञ्चोक जिल्लाको अन्न र तरकारी भण्डारको रुपमा रहेको पाँचखालमा कृषि सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु सुपरजोन कार्यक्रम काभ्रेले सूचना केन्द्र सञ्चालनमा ल्याएको हो ।

सूचना केन्द्रको उद्घाटन कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव युवध्वज जिसीले गरेका थिए । राजधानीबाट नजिकको तरकारी उत्पन्न क्षेत्र पाँचखालका कृषकहरु बिचौलियाबाट नठगिन सूचना केन्द्रले मद्दत पुग्ने सचिव जिसीको भनाई छ ।

सूचना केन्द्रले कालिमाटी तरकारी बजारको मूल्य पाँचखालमै डिसप्ले मार्फत हेर्न पाउने ब्यवस्था कृषकलाई मिलाएको आलु सुपर जोन काभ्रेका अध्यक्ष हरि खतिवडा जानकारी दिए । ‘कृषकहरुले कालिमाटी तरकारी बजारको मूल्य हेरेर जोक्न सक्ने छन्, उनले भने ‘तरकारीको वास्तविक मूल्य पाउनबाट कोहि पनि कृषक बञ्चित नहुने भन्ने नै यो केन्द्रको मूख्य उद्देश्य हो ।’

कृषकले सूचना केन्द्रमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य हेर्न पाउने छन् । कृषकसँग तरकारी सस्तोमा लिने र उपभोक्तालाई मारमा पार्ने ब्यक्तिबाट जोगाउन सूचना केन्द्रले सहयोग पुग्ने कृषकहरुले आशा गरेका छन् ।

सूचना केन्द्रसँगै कष्टम हेयरिंक सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । जहाँ कृषि औजारका सामग्री राखिएका छन् । आलु सुपर जोन कार्यक्रमले किसान परिचय पत्र समेत शूरु गरेको छ । आलु फलमा किसान प्रोत्सान कार्यक्रम पनि सञ्चालनमा ल्याइएको आलु सुपर जोन काभ्रेका अध्यक्ष खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ९ : ३८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने