२०८०, ८ आश्विन सोमबार

११५ जना आन्दोलनकारीहरू पक्राउ

११५ जना आन्दोलनकारीहरू पक्राउ


भूपाल, भारत, २५ भदौ : भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको छ । पेट्रोलियम पदार्थमा सरकारले मृल्य बुद्धि गरेकाले त्यसलाई घटाउन माग गर्दै विरोधस्वरूप बन्द आयोजना गरिएको आन्दोलनकारीको भनाई छ ।

प्रदेशका प्रहरी महानिरीक्षक मक्रान्द डेउस्करले सञ्चारमाध्यमहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “कानूनको कार्यान्वयन गराउने सिलसिलामा ११० देखि ११५ जनासम्मलाई पक्राउ गरिएको छ, पक्राउ पर्नेहरूको सङ्ख्या बढी हुन पनि सक्छ, उज्जैन, कात्नी र जावालपुरमा केही घटनाहरू पनि भएका छन्, जुन दर्ता पनि भएको छ ।”

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको थियो । त्यही सिलसिलामा मध्यप्रदेशमा बन्दको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

कँग्रेसले पेट्रोलियम पदार्थको मुल्यवृद्धि मात्रै नभई भारतीय रूपैयाँको मूल्य घटेको विरोधमा पनि विरोध कार्यक्रम आयोजना गरिएको बताएको छ । कँग्रेसका धेरै नेताले आन्दोलनमा सहभागी हुन आम नागरिक र व्यापारीहरूलाई पनि आह्वान गरेका थिए । प्रदर्शनकारीहरूले कतिपय पेट्रोल पम्प र अन्य व्यापारिक प्रतिष्ठानहरूमा तोडफोड पनि गरेका थिए ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ९ : ४८ बजे

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।

तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

काठमाण्डौ । पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच