२०८२, २७ मंसिर शनिबार

बालबालिकासम्बन्धी नयाँ कानून बन्दै

बालबालिकासम्बन्धी नयाँ कानून बन्दै


काठमाडौँ, २२ भदौ : सरकारले बालअधिकारसम्बन्धी नयाँ कानून ल्याउने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानको मर्म र भावनाअनुसार बालअधिकारसम्बन्धी कानून निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस, २०७५ को अवसरमा राष्ट्रिय नागरिक विकास समाजले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले संविधानको मौलिक हकमै तुलनात्मकरुपमा धेरै बालबालिकाको हकअधिकारको विषयलाई समेटेको र सोहीअनुरुप कानून निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो ।

“बालअधिकारसम्बन्धी कानून निर्माणका लागि मन्त्रालयका तर्फबाट सङ्घीय संसद्मा विधेयक पेश गरिसकेका छौँ, उक्त ऐनमा बालबालिकाको शारीरिक मानसिक विकास, अनाथ बालबालिका, गरीब दुःखी जनताका छोराछोरीका लागि राज्यले कस्तो नीति कार्यक्रम तर्जुमा गर्नुपर्छ भन्ने आदि विषय समेटिएको छ”, उहाँले भन्नुभयो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी लावल थापा (पार्वती) ले संविधानको भावनाअनुरुप मौलिक हक निर्माण अन्तिम चरणमा पुगेको र निर्धारित समयभित्रै सबै हकसम्बन्धी कानून बन्ने उल्लेख गर्नुभयो ।

समाजका अध्यक्ष महेश कुँवरले बालअधिकार, शिक्षाको क्षेत्रमा बाल संरक्षण तथा चेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकारिता विषयका प्राध्यापक देवराज शर्मा, अभियन्ता पूजा कुँवर, जानुका पौडेल, दीपक कार्कीलगायत हुनुहुन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ८ : ४४ बजे

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी