२०८१, ३१ बैशाख सोमबार

‘प्रतिबेदनका आधार पप्पु कन्ट्रक्सनबारे निर्णय हुन्छ’: मन्त्री महासेठ

‘प्रतिबेदनका आधार पप्पु कन्ट्रक्सनबारे निर्णय हुन्छ’: मन्त्री महासेठ


सिन्धुली, २० भदौ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छानबिन समितिको प्रतिवेदनका आधारमा अबको आठ दिनभित्रमा पप्पु कन्ट्रक्सनबारे निर्णय लिने बताउनुभएको छ । मरिण खोलामा निर्माण भएको पुल उद्घाटन गर्न यहाँ आइपुग्नु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले पप्पु कन्ट्रक्सनले सिन्धुलीलगायत देशैभर निर्माण शुरु गरेका योजना अलपत्र पारी जनतालाई दुःख दिएकाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दश दिनभित्र प्रतिवेदन दिने गरी दीपक श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ । आज दुई दिन बितेको र अबको आठ दिनमा समितिले प्रतिवेदन बुझाएपछि कारबाही हुन्छ ।” मन्त्री महासेठले भन्नुभयो, “कति आयोजनाको जिम्मा लिएको र कति प्रतिशत काम सम्पन्न गरेको छ त्यसका आधारमा कारबाही गर्न म प्रतिबद्ध छु ।”

सरकारसँग प्रतिबद्धता गर्ने तर काम नगर्ने जुनसुकै कन्ट्रक्सनलाई कारबाही सरकारले गर्ने उहाँले दाबी गर्नुभयो । मन्त्री महासेठले सम्झौता अवधिभन्दा डेढ वर्षअघि पुलको निर्माण कार्य सम्पन्न गरेको भन्दै पुल निर्माण गर्ने कालिका तुदि रसुवन जेभी काठमाडौँलाई पुरस्कृत गर्ने बताउनुभयो ।

यस्तै २५ वर्ष भन्दा लामो यातायातको आलोपालो प्रणाली अहिले तोडिएको बताउँदै देशका केही जिल्लामा अझै पनि यातायात व्यवसायीले आलोपालो प्रणाली जारी राखेको गुनासो आएकाले कुनकुन जिल्लामा आलोपालो प्रणाली जारी छ आफूलाई वा मन्त्रालयमा जानकारी दिन आग्रह गर्नुभयो । आउने दशैँअगावै यातायातको आलोपालो प्रणाली सदाका लागि सकिने उहाँले विश्वास दिलाउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार  ७ : २८ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको