२०८१, १० बैशाख सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घन्टा सन्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घन्टा सन्चालनमा


काठमाडौं, भदौ १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घन्टा सन्चालनमा आएको छ ।विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घन्टा सन्चालनमा आएको हो ।सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सन्चालनमा ल्याएको थियो ।

विमानस्थलको आन्तरिक टर्मिनल सन्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि सुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।यसअघि, बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछिमात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नजिकिएको चाडपर्व, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाईसमेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा सुरु गरेको हो ।सबैरै विमानस्थल खुलेपछि अन्तर्राष्ट्रिय उडान पनि केही समयअघि ल्याउने गरी विमानस्थले व्यवस्थापन गर्न लागेको महाप्रबन्धक क्षेत्रीले बताए ।उनकाअनुसार अन्तर्राष्ट्रिय विमानमध्ये बिहान पहिलो अवतरण (६ः४५ बजे) गर्ने टर्किस एअरवेजको अवतरणको समय २० मिनेटअगावै हुने भएको छ ।

शनिबारदेखि विमानस्थलको टावर बिहान ५ः४० बजे नै खुल्नेछ । यसअघि, ६ बजे खुल्ने गरेको थियो ।यसअघि, विमनस्थल जाडोयाममा बिहान ६ः३० र गर्मीयाममा बिहान ६ बजे खुल्ने गरेको थियो ।विमानस्थलले थपेको समय राति १२ः३० देखि ३ बजेको समयमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले उडान भर्ने गरेका छन् । अन्य अन्तर्राष्ट्रिय एअरलाइन्ससँग पनि छलफल भइरहेको बताइएको छ ।

यसैबीच, कतार एअरले शनिबारदेखि एक उडान थपेको छ । दोहा–काठमाडौंमा दैनिक पाँचओटा उडान भर्दै आएको कम्पनीले आगामी २७ अक्टोबरसम्म बिहान १ बजे आउने र २ बजे फर्कने विमानस्थलले जनाएको छ ।हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० ओटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने