२०८१, १६ बैशाख आईतबार

नेपाल किन आए राहुल गान्धी ?

नेपाल किन आए राहुल गान्धी ?


काठमाडौं, भदौ १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पशुतिनाथ क्षेत्रमा धर्मशाला उद्घाटन गर्नुभन्दा एक घन्टाअघि भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आए। बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका मोदीलाई पछ्याउँदै पशुपतिनाथ र मानसरोवर दर्शनका लागि राहुलबाट भएको यो यात्रा संयोगमात्र होइन। भारतमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा हिन्दु धर्मको पवित्र तीर्थस्थल दर्शनक्रममा राहुलको काठमाडौं यात्रा अर्थपूर्ण छ।

भारतमा सन् २०१९ मेभित्र हुने १७ औं लोकसभा चुनावको तयारी भइरहँदा त्यहाँ धर्मको विषयले निकै महत्व पाइरहेको छ । हिन्दुवादी नेताको परिचय बनाएका प्रधानमन्त्री मोदीले सन् २०१४ मा भएको १६औं लोकसभाको चुनावमा हिन्दु धर्मावलम्बीको मतले जित हासिल गरेको विश्लेषण भारतभित्र र बाहिर भइरहेको छ। भारतीय जनता पार्टीले लोकसभाका लागि भएको चुनावमा इतिहासमै नपाएको सफलतासहित बहुमत पाएको थियो। मोदीले धर्म संस्कृति रक्षाको मुद्दालाई प्राथमिकतामा राखेका थिए। धर्म निरपेक्षको विचार बोकेको विपक्षी कंग्रेस आईलाई धर्म विरोधीका रुपमा मोदीले चित्रण गर्दै आएका छन्। यसबाट मोदीलाई फाइदा पुगिरहेको छ। राहुल भाजपाको यही अस्त्रलाई निस्तेज पार्न चाहन्छन् । राहुललाई कंग्रेस आईका तर्फबाट आगामी प्रधानमन्त्रीका रुपमा हेरिएको छ।

पछिल्लो समय राहुलले भारतका हिन्दु धर्मावलम्बीको भीड लाग्ने मन्दिरहरूको दर्शन गरेका छन्। हिन्दुत्वको मुद्दा राहुलले अवश्य बोक्दैनन् तर, उनी हिन्दु धर्मप्रति आस्थावान भएको सन्देश प्रवाह गर्नैपर्ने बाध्यात्मक अवस्थामा छन् । मोदी मुक्तिनाथसम्म पुग्दा राहुल त्यसभन्दा माथि चढेर कैलाश मानसरोवर पुग्दैछन्। हिन्दु धर्मशास्त्रमा मानसरोवर भगवान् शिवको बासस्थान भनिएको छ। पशुपतिनाथ हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्येको हो। चीनको स्वाशासित क्षेत्र तिब्बतस्थित धार्मिक तीर्थस्थल मानसरोवर भ्रमण गरेर राहुलले हिन्दु धर्ममा आस्था राख्ने भारतीयलाई धर्मप्रति आफ्नो श्रद्धा र विश्वास रहेको सन्देश दिन खोज्दैछन्।
– नागरिक

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ४८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने