२०८१, १६ बैशाख आईतबार

सिरहाको लहानमा प्रतिबन्धित लागुऔषध सहित चार युवा पक्राउ

सिरहाको लहानमा प्रतिबन्धित लागुऔषध सहित चार युवा पक्राउ


लहान, १ भदौ प्रतिबन्धित लागुऔषध खरिदबिक्री गरिरहेका अवस्थामा प्रहरीले सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुरबाट चार युवालाई पक्राउ गरेको छ ।

लहान नगरपालिका–१३ बस्तीपुरस्थित आँप बगैचामा झुपडी बनाई लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा लहान नगरपालिका–११ निवासी १८ वर्षीय विक्रमकुमार सदाय, लहान नगरपालिका–१३ निवासी २६ वर्षीय नन्दकुमार महतो तथा १९ वर्षीय दिलीपकुमार सदाय र धनगढी नगरपालिका–११ निवासी १९ वर्षीय सुरजकुमार सदायलाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जानकारी दिएको हो ।

पक्राउ परेकाहरुको साथबाट खरिद बिक्रीका लागि राखिएको फेनारगन २९३ एम्पल लुपिजेसिक २९३ एम्पल, डाइजेल्याब २९३ एम्पल र ना३२प ७३०६ र स६प ४२३ नम्बरको २ वटा मोटरसाइकलसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ९ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने