२०८१, ११ बैशाख मंगलबार

सरकारसँग सङ्कास्पद घटनाको छानवीन गर्न माग

सरकारसँग सङ्कास्पद घटनाको छानवीन गर्न माग


मलेशिया पेनाङ/ मलेसियाको पेनाङमा भएको सङ्कास्पद घट्नाको बिषयमा छानवीन गर्न पीडित परिवारले सरकारसँग माग गरेका छन् । धादिङ गल्छी गाउँपालिका वडा नं ७ स्थायी निवासी हस्तबहादुर तामाङ होस्टल बाहिर मृत अवस्थामा भेटिएपछि उनको परिवार र आफन्तले घटनालाई सङ्कास्पद रुपमा लिंदै छानवीन गर्न माग गरेका हुन् । उनीहरुले घटनामा आशंका गरिएका निता राजवंशी तामाङ र धु्रव गिरीलाई तत्काल नेपाल झिकाई छानवीन गर्न माग गरेका छन्।

निता राजवंशी तमाङ मलेसियाको पेनाङ स्थित jcy कम्पनीमा कार्यरत रहेकी छिन् भने धु्रव गिरी पनि मलेशियामा नै कार्यरत छन् । उनीहरुले शष्लकज कयबिच कमल दजम मा कार्यरत रहेका हस्तबहादुर तामाङलाई पटक–पटक फोनमार्फत ज्यान मार्ने धम्की समेत दिएको आशंकामा उनीहरुमाथि छानवीन गरिनुपर्ने पीडित परिवारहरुको माग रहेको छ ।

घटनामा आशंका गरिएका निता राजवंशी तामाङ र धु्रव गिरी

मृतक तामाङले आफ्ना पुराना साथीहरुलाई ज्यान लिने धम्की निता र धु्रवद्वारा दिने गरेको बताएका थिए । उनीहरुले धम्की दिएको ५/६ घन्टाको बीचमा हस्तबहादुर होस्टल बाहिर मृत अवस्थामा फेला पारिएको थियो । त्यसैले यो घटना हत्या वा आत्महत्या के हो उचित छानवीन हुनुपर्ने पीडित परिवारको माग छ ।

लामो समयदेखि चिनजान र घनिष्ट सम्बन्ध भएकी मोरङको पुरानो खानेपानी ट्याङ्की नजिक बसोबास रहेको दिपेन राजवंशीकी श्रीमती निता राजवंशी तामाङ ६ वर्षदेखि मलेसियामा कार्यरत छिन् । उनी निकट स्रोतकाअनुसार उनी आफ्नो घर/परिवार र आफन्त/इस्टमित्रसँग सम्पर्क विहिन छिन् । हस्तबहादुरसँग ५/६ बर्ष भएको पुरानो सम्बन्ध तोड्दै तनहुँ दमौली स्थायी घर भएका धु्रव गिरी नामले चिनिने युवासँग उनले नयाँ सम्बन्ध बनाएकी थिइन् । नयाँ सम्बन्धको शुरुवात भएसँगै हस्तबहादुरलाई पटक–पटक ज्यान मार्ने धम्की दिंदै यातना समेत दिइएको तामाङ निकट स्रोत बताउँछ । उनलाई मृत अवस्थामा भेटिनु केही समयअघि पनि चेतावनीपूर्ण धम्कीले उनलाई तनाव दिएको बुझिएको छ । मृतक हस्तबहादुर तामाङ 11 july 2018 बिहानको ६ बजेको समयमा झुन्डिरहेको अवस्थामा भेटिएका थिए । घटना अघिपछिको अवस्था र मृतकले छाडेको भ्वाईस रेकर्डका आधारमा घटनालाई थप संकास्पद बनाएको देखिएको छ ।

प्रकाशित मिति : २०७५, ४ श्रावण शुक्रबार  ५ : ०९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने