२०८१, १० बैशाख सोमबार

अरनिकाे यातायात समिति अब कम्पनीमा

अरनिकाे यातायात समिति अब कम्पनीमा


काभ्रे सहित राजधानीपूर्वका जिल्लामा यातायात सञ्चालन गर्दै अाएकाे अरनिकाे यातायात सेवा समिति अन्ततःकम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि अरनिको यातायात सेवा समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालय स्रोतले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात नामकाे कम्पनी दर्ता गराएको बताएको छ ।

यद्यपि, अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी गरेको छ । अरनिको यातायात सेवा समितिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लामा झण्डै ४५ वर्षदेखि अरनिको राजमार्ग सहित अन्य सहायक सडकहरूमा एकलौटी यातायात सञ्चालन गर्दै आइरहेको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकाे अरनिको यातायात सेवा समितिले बस ब्यवसायीसँग लाखौँ रकम लिएर  रुट दिदैँ आएको थियो । अब कम्पनीमा दर्ता भएसँगै सरकारलाई कर तिर्नुपर्ने भएको छ । यसअघि करकाे दायरामा अरनिकाे यातायात समिति  थिएन् ।

अहिले आन्दोलन घोषणा गरेका यातायात समितिहरू गुपचुप रुपमा कम्पनीमा दर्ता गरिरहेको स्रोतले बताएको छ । सिन्डिकेटप्रति सरकार कठोर बनेपछि कम्पनीमा जानैपर्ने भएकाले उनीहरूले कम्पनीका लागि प्रक्रिया पुर्‍याइरहेका छन् । समितिका अध्यक्ष श्याम लामाले आफूहरूले कम्पनी दर्ता नगराएको दावी गरे । उनले घोषित आन्दोलनमा आफूहरूले सहभागिता जनाइरहेको र सञ्चारमाध्यमले कम्पनीमा गएको प्रचारवाजी मात्रै गरिरहेको बताए । १८ चैत यता २४ वटा यातायात कम्पनी कार्यालयमा दर्ता भएका छन् । उपरजिष्ट्रार राजेन्द्र थापाका अनुसार यो अवधिमा ६५ वटा कम्पनीको नाम स्वीकृत भएका छन् भने ८१ वटाको अस्वीकृत भएका छन् ।

प्रकाशित मिति : २०७५, १७ बैशाख सोमबार  ८ : १३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने