२०८१, १४ बैशाख शुक्रबार

अनलाइनलाई ब्यवस्थित गर्न काभ्रेमा सञ्जाल गठन

अनलाइनलाई ब्यवस्थित गर्न काभ्रेमा सञ्जाल गठन


काभ्रे जिल्लाबाट सञ्चालनमा रहेका अनलाइनहरुले छुट्टै सञ्जाल गठन गरेका छन् । शनिबार बनेपामा भेला भएका अनलाईन सञ्चालकहरुले तेमाल अनलाइनका सञ्चालक डिलबहादुर थोकर (ग्याम्जो) को अध्यक्षतामा सात सदस्यीय अनलाइन मिडिया सञ्जाल गठन गरेका हुने । समितिको उपाध्यक्षमा खबरघर डटकमका सम्पादक ध्रुब रायमाझी, सचिवमा पलपलको डटकमका कविराज ढकाल, कोषाध्यक्षमा बेथानचोक खबर डटकमका सुरज श्रेष्ठ, सहसचिवमा सबैको समाचार डटकमका पुजन धिताल रहेका छन् । त्यस्तै सदस्यहरूमा नमोबुद्ध खबर डटकमका जगत तामाङ र सबैको समाचार डकमककी सनम सुवाल रहेका छन् ।

काभ्रेमा गठन भएकाे अनलाइन मिडिया सञ्जालका पदाधिकारी

त्यसैगरी सञ्जालको सल्लाहकारमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, अग्रज पत्रकार मधुसुधन गुरागाईं, पत्रकार नवराज बजगाईं, कपिल कोइलारा र विनोद न्यौपाने रहेका छन् । सञ्जालले काभ्रे जिल्लामा रहेका अनलाइनहरूको एकारुपता, क्षमता अभिबृद्धि र विज्ञापन लगायतमा समान प्रतिनिधित्व गराउने पहल गर्नेछ ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ६ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने