२०८१, १० बैशाख सोमबार

प्रहरीमाथि ढुंगामुडा गर्ने विप्लप मओवादी कार्यकर्ता प्रहरी नियन्त्रणमा

प्रहरीमाथि ढुंगामुडा गर्ने विप्लप मओवादी कार्यकर्ता प्रहरी नियन्त्रणमा


विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दका क्रममा डिउटीमा निस्किएको प्रहरी टोलीमाथि ढुंगामुडा भएको छ। बन्दको पिकेट डिउटी परिचालन गर्न निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं।को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन्।  घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाडादेवी(१ बस्ने मजदुर महासंको कोशी ब्युरो संयोजक ३० वर्षीय हरिचन्द्र खड्का र मोरङ बुढिगंगा(२ बस्ने बुढिगंगा सेक्रेटरी ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ।

यस्तै रूपन्देहीको कञ्चन गाँउपालिका(५ पिपरिचापास्थित भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्। ना ४ ख ६८८० नं।को बसमा २र३ जना अपरिचित व्यक्तिहरूले ढुङ्गा हानी भागेको इलाका प्रहरी कार्यालय रूद्रपरले जनाएको छ। ढुंगा प्रहारबाट उक्त बसको ड्राईभर साईडको शिशा फुटेको छ। अन्य मानवीय क्षति केही नभएको प्रहरीले जनाएको छ।

यसैबीच बन्द गराउँदै हिँडेको २१ जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न स्थानबाट ४ जना, मोरङबाट २ जना, सुनसरीबाट ६ जना, चितवनबाट २ जना, डोल्पाबाट १ जना र कपिलबस्तुबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७४, ८ फाल्गुन मंगलबार  १० : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने