२०८१, १७ बैशाख सोमबार

इको सान चर्पीले गाउँमा भित्रियो लाखौं रकम,अर्गानिक तरकारी उत्पादनमा टेवा

इको सान चर्पीले गाउँमा भित्रियो लाखौं रकम,अर्गानिक तरकारी उत्पादनमा टेवा


बनेपा । नेपालीलाई सुनको पहिरोमाथि सुतेका गरिवहरु भनेर परिभाषित गर्ने गरिन्छ । वास्तवमा भएको पनि त्यस्तै जस्तो देखिन्छ ।  नेपाल कृषिमा आधारित मुलुक भनेर चिनिदै आएको छ । अधिकांश मानिसहरुले कृषि पेशालाई नै मुख्य पेशा बनाउँदै आएका छन् । पछिल्लो समय नेपालका गाउँघरमा कृषिलाई मुख्य पेशा बनाएर ब्यवसायिक रुपमा नअंगाल्दा देशका युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । गाउँघरमा पशुपालनका लागि जनशक्ति कम हुदैँ जाँदा मलको अभावमा विषादीको प्रयोग पनि दिनानुदिन बढ्दै गइरहेको छ । जसले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ ।

खेतबारीमा काम गर्ने क्षमता भएका युवाहरु विदेश पलायन भएर खेतबारी बाँझो बनिरहेका बेला काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ रयाले–१, बुढापोखरीका कृषकले भने इको सान चर्पीको मल प्रयोग गरेर अर्गानिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । निकै पहिलादेखि तरकारी खेती गर्दै आएको भए पनि यहाँका कृषक विभिन्न रोग किराबाट खेती जोगाउन नसक्दा कृषि पेशाबाटै पलायन हुने मनस्थितिमा पुगेका थिए । तर पछिल्लो समय उनीहरुले तरकारी खेतीबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिल्लो उदाहरण दिएका छन् ।

“बीचमा हामी तरकारी खेतीबाट लगभग हात झिक्नुपर्ने अवस्थामा पुगिसकेका थियौँ, स्थानीय कृषक प्रल्हाद सापकोटाले भने “तर अहिले गाउँका सबैले पहिलेको अवस्थामा नै खेती गर्न थालेका छन् ।” इको सान चर्पी बुढापोखरी गाउँका ६८ घर मध्ये ५० घरधुरीमा निर्माण गरिएको छ । यो चर्पीमार्फत दिसा र पिसाब बेग्लाबेल्लै संकलन हुने गर्दछ । यसरी संकलन भएको दिसा र पिसाब मलको रुपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । यो विधी बुढापोखरीमा राम्रैसँग उपयोग भएको छ ।

बनेपामा रहेको ग्रामीण समाज कल्याण संघ (आर्सो  नेपाल) द्धारा, टीडिएच जर्मनी, नवज्योती केन्द्र र स्थानीय समुदायको सहकार्यमा भुकम्पबाट क्षति भएको विद्यालय भवन निर्माण, वालवालिकाको चौतर्फी विकास र जीविको पार्जन सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको संस्थाका जीतराम लामाले बताए । गैरसरकारी संस्था आर्सोले भुकम्प प्रभाबित जिल्लाहरुका लागि जिवनस्तर सुधार प्ररियोजना अन्तर्गत रयाले बुढापोखरीका कृषकको घरमा इको सान चर्पी निर्माणमा आर्थिक र प्राविधिक सहयोग गरेको छ ।

इको ट्वाइलेट मार्फत मानव मलमुत्रको संकलन र प्रयोग गरि अर्गानिक तरकारी खेती सुरु गरेका कृष्णबहादुर श्रेष्ठले करिब ६ महिनाको बीचमा ५९ हजार पाँचसय रुपैयाँ आम्दानीसमेत गरिसकेको बताए । मैले गर्ने खेती प्रणालीमा मात्रै होइन, उनले भने “आम्दानीमा समेत निकै सुधार भएको छ ।” अहिले यस गाउँका कृषकको बारीमा काउली, मुला, गाजर, धनिया, सिमी जस्ता मौसमी तथा बेमौसी तरकारी लटरम्म फलेका छन् ।

गएको साउनदेखि यता मात्रै उत्पादन भएको तरकारीबाट यो गाउँमा ११ लाखभन्दा बढी रकम भित्रिएको परियोजना सहायक संयोजक शोभा घिमिरेले जानकारी दिइन् । विभिन्न रसायनिक बिषादीको प्रयोग गर्दा समेत तरकारी जोगाउन नसकेका उनीहरु अहिले अर्गानिक तरकारी फलाउन जुटेका छन् । “तरकारी खेतीप्रति बितृष्णा बढ्दै गइरहेको थियो । किरा र रोगबाट जोगाउन रासायनिक विषादीको प्रयोग गरियो, अर्का कृषक मुसुरी श्रेष्ठले भनिन् “तर यसरी विषादी प्रयोग गर्दा उल्टै मानव स्वास्थ्यलाई असर पु¥याउने रहेछ, त्यही कुरा सिंके र अहिले अर्गानिक तरकारी फलाएर बजार पु¥याउँछु ।” 

यसअघि त्यत्तिकै खेर गइरहेको मानव मलमुत्रको प्रयोगले अहिले तरकारीमा रोग किरा नियन्त्रणमा आएको छ । इको सान चर्पी निर्माण भएयता गाउँमा रासायनिक मल र विषादीको प्रयोग निकै कम हुन थालेको कल्पना श्रेष्ठले बताइन् । “माटो पहिलेभन्दा धेरै मलिलो बन्दै गएको हामीले महशुस गरेका छौँ, उनले भनिन् “तरकारी खेतीलाई ब्यवसायीक बनाउन प्रविधिको पनि प्रयोग गर्न सक्नुपर्ने रहेछ ।’’ आर्सो नेपालका कार्यकारी निर्देशक विष्णु वेलबासेले इको सान चर्पी निर्माण गरिएपछि गाउँमा अर्गानिक तरकारी उत्पादन बढ्नुको साथै नेपाल सरकारको पूर्ण सरसफाई तथा खुला दिसामुक्त क्षेत्र बनाउने अभियानलाई सहयोग समेत भएको बताए ।

प्रकाशित मिति : २०७४, ११ पुस मंगलबार  १२ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने