२०८१, १७ बैशाख सोमबार

काँग्रेसको आक्षेपः प्रचण्ड अझैपनि आतंककारी

काँग्रेसको आक्षेपः प्रचण्ड अझैपनि आतंककारी


धुलिखेल/ तत्कालिन द्धन्द्धरत माओवादीलाई दउराको फेरमा समाएर शान्ति प्रक्रियामा ल्याएको गुनगान गाउँदै आएको नेपाली काँग्रेसले प्रचण्ड अझै पनि आतंककारीकै सुचीमा रहेको बताएको छ ।

शनिबार काभ्रेको भकुण्डेमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाली काँग्रेसको चुनावी कोणसभामा बोल्दै काँग्रेस केन्द्रिय सदस्य बद्रि पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको नाम अझै पनि आतंककारी सुचिबाट नहटेको दाबी गरे । उनले इन्टरपोलको रेडकर्नर नोटिसले अहिलेसम्म पनि दाहालको नाम आतंककारीको सुचिमा राखेको भन्दै आतकंकारीसँग गठबन्धन गर्ने एमालेका अध्यक्ष केपी शार्मा ओली र एमालेको हैसियत समाप्त भएको टिप्पणी गरे ।

भकुण्डे कोणसभामा काँग्रेसले ७ हजार जनता भेला भएको दाबी गरेपनि अधिकांश ब्यक्ति बाह्य जिल्लाबाट भित्र्याएको काँग्रेसका एक जिल्ला सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए । यसको प्रमाण हो साविकको कटुञ्जेबेसी गाविस । रोशीगाउँपालिका अन्तर्गत पर्ने कटुञ्जेबाट उक्त भेलामा ७ जना मात्रै पुगेको स्रोतले बतायो । कटुञ्जे नेपाली काँग्रेसले आफ्नो पटक क्षेत्र बन्दै आएको थिए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुर सिं लामा, निर्वाचन परिचालन समितिका संयोजक एवं निवर्तमान सभापति शिवप्रसाद हुमागाई, राप्रपा नेपालका केन्द्रिय सदस्य सत्यमान लामा, प्रतिनिधि सभा काभ्रे क्षेत्र नं.१ का उम्मेदवार तिर्थ लामा, प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा २ का उम्मेदवार गणेश लामा, प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा १ का उम्मेदवार सिबी लामा लगायतले बोलेको थिए ।

प्रकाशित मिति : २०७४, १७ मंसिर आईतबार  ९ : ३६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने