२०८१, १० बैशाख सोमबार

संखुवासभामा  एमाले नेता राजेन्द्र गौतमसहित ४ नेता चढेको गाडी एम्बुसमा पर्यो

संखुवासभामा  एमाले नेता राजेन्द्र गौतमसहित ४ नेता चढेको गाडी एम्बुसमा पर्यो


काठमाडौं/ संखुवासभा स् बामगठबन्धन संखुवासभाको प्रतिनिधिसभाको उम्मेदवार चढेको गाडि एम्बुसमा परेको छ । बामगठबन्धनका प्रतिनिधिसभको उम्मेदवार राजेन्द्र गौतमसहित ४ जना नेता सवार गाडी एम्बुसमा परेको हो । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । एम्बुस कसले थापेको हो कसैले जिम्मा लिएको छैन् ।

गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्राप्त भएको छ । बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ ।

बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै भोजपुरमा आजै विहान बामगठबन्धनका उम्मेदवार तथा एमाले नेता शेरधन राई माथी पनि बम प्रहार भएको थियो ।

प्रकाशित मिति : २०७४, २८ कार्तिक मंगलबार  ३ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने