२०८१, १३ बैशाख बिहीबार

गुण्डा नाइके गणेश लामा बने कांग्रेसको प्रदेशसभा उम्मेदवार

गुण्डा नाइके गणेश लामा बने कांग्रेसको प्रदेशसभा उम्मेदवार

खबरघर

१५ कात्तिक, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएका छन् ।

कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् । लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको कांग्रेस नेता रमेश रिजालले बताए ।

कांग्रेसले वामपन्थी गठबन्धनसँग भिड्न काभ्रे १ मा प्रतिनिधिसभा सदस्यका लागि तीर्थ लामालाई अघि सारेको छ काभ्रे २ मा जिल्ला सभापति मधु आचार्य उम्मेदवार बनेका छन् ।

प्रदेशसभामा क्षेत्र नम्बर १ को ‘क’मा सीबी लामा र ‘ख’मा गणेश लामा तथा क्षेत्र नम्बर २ को ‘क’ मा सुन्दरमणी आचार्य र ‘ख’ मा कन्चनवादे श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

वामपन्थी गठबन्धनको भने उम्मेदवार तय भइसकेका छै्रन ।

प्रकाशित मिति : २०७४, १५ कार्तिक बुधबार  ५ : ५० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने